नयाँ दिल्लीमा सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु

`

     २०७८ पौष १२ गते ३:३६

काठमाडौँ, १२ पौष । नयाँ दिल्लीमा कोरोना बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?