काठमाडौँ, ८ पौष । मडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ ।
समुन्द्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो ।
सामुन्द्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गामा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् ।
यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।




