एजेन्सि, ८ पौष । भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।
लुधियाना अदालतको दोस्रो तलाको भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।
बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्।
बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।



