म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा अवश्य उठ्छु : जो बाइडेन

`

     २०७८ पौष ०८ गते ७:४३

एजेन्सि, ८ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिएअब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले भनेका थिए- ‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?