थप २९० संक्रमित, ३ जनाको मृत्यु

`

     २०७८ पौष ०६ गते १०:२२

काठमाडौँ, ६ पौष । नेपालमा थप २९० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २४२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?