एमालेको सांसदद्वारा प्रतिनिधिसभाको बैठकमा नाराबाजी

`

     २०७८ पौष ०६ गते ७:५८

काठमाडौँ, ६ पौष । आज पनि एमालेको सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?