काठमाडौँ, ५ पौष । नेपालमा थप २२० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २१८ र एन्टीजेन परिक्षणबाट २ गरि कुल २२० जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।
्




