काठमाडौँ, ४ पौष । पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ८३१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।




