काठमाडौँ, २ पौष । किम जोङले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ । जोङ सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०औँ वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ ।
सरकाले उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।
किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसीयाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।
किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा ह्यदघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।




