काँग्रेसको रूपान्तरण प्रक्रियामा सक्रिय हुन्छु : डा. शेखर कोइराला

`

     २०७८ पौष ०२ गते ६:१९

काठमाडौँ, २ पौष । नेपाली काँग्रेसका सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाले काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुने बताएका छन् ।

डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउन थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।

आफुले राजनीतिक लडाई जितेको बताउदै डा. कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भएको बताएका छन् ।

उनले आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको बताउदै आमरुपमा भरोसा र विश्वासको वृद्धि गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?