थप १८४ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

`

     २०७८ पौष ०१ गते ११:०४

काठमाडौं, १ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ०७३ पुगेको छ ।

२ सय ६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ०८३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?