उपसभापति जितेपछि गुरुङ पौडेललाई भेट्न बोहोराटारमा

`

     २०७८ पौष ०१ गते ८:५७

काठमाडौँ, १ पौष । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरूङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्।

पौडेलले गुरूङलाई बधाई दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए।

उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाएर आमचुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताए।

उनले उपसभापति गुरूङसँग आफू र निवर्तमान महामन्त्री शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?