काठमाडौँ, पौष १ । बिहीबार सुनको भाउ ७ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ वृद्धि भएसंगै आज सुन प्रतितोला ९३ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूत्यु पनि २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




