काठमाडौँ, २९ मंसिर । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। साथै ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।
आज संक्रमणबाट ६ को मृत्यु भएको छ।




