प्रदीप कुमार ज्ञवालीलाई कोरोना सङ्क्रमण

`

     २०७८ मंसिर २८ गते १०:३७

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

ज्ञवालीले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिदै सामान्य लक्ष्यण रहेको सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका हुन् ।

उनले भनेका छन् -कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४/५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?