नेपालस्थित एमसीसीको कार्यालय घेराउ, एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहने

`

     २०७८ मंसिर २७ गते १०:३२

काठमाडौँ, २७ मंसिर । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्‍न राजनीतिक दलहरुले सोमबार एमसीसीको नेपालस्थित कार्यालयमा घेराउ गरेका छन् ।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार_ संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा नेता धर्मेन्द्र बास्तोलाले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए । साथै, एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?