ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक : डब्ल्यूएचओ

`

     २०७८ मंसिर २७ गते ९:२९

काठमाडौं, २७ मंसिर । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ ।

आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ ।

डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् ।

प्रारम्भिक तथ्यांकका आधारमा ओमिक्रोनले कोभिड-१९ खोपको प्रभावकारिता समेत घटाउन सक्ने तर डेल्टाभन्दा कम घातक रहेको पनि डब्ल्यूएचओको विश्लेषण छ ।

‘ओमिक्रोनविरुद्ध खोपको प्रभावकारितासम्बन्धी उपलब्ध तथ्यांक सीमित छ र स्वतन्त्र रुपमा विश्लेषण हुन बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर प्रारम्भिक प्रमाण र निकै परिवर्तित भएको ओमिक्रोनको स्पाइक प्रोटिनसम्बन्धी विवरणले यसको संक्रमण तथा विस्तारविरुद्ध खोपको प्रभावकारिता घट्ने देखाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?