१०.४२ ग्राम हिरोइनको साथमा २ जना भारतीय नागरिक पक्राउ

`

     २०७८ मंसिर २७ गते ६:१०

काठमाडौँ, २७ मंसिर । कञ्चनपुरमा लागू औषधसहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर शाहले बताए ।

उनका अनुसार उनीहरूको साथबाट १०।४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?