काठमाडौँ, २६ मंसिर । संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ । एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने भएको छ ।
संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।
सुचना हेर्नुहोस :-





