आइतबार काठमाडौँमा यो वर्षकै न्यूनतम तापक्रम

`

     २०७८ मंसिर २६ गते ७:५६

काठमाडौँ, २६ मंसिर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिबार ५.४ डिग्री सेल्सियसमापन गरिएको थियो । काठमाडौँसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताइन । उनका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?