काठमाडौँ, २३ मंसिर । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो मुलुक कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित ‘शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया’ विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् ।
‘अवस्था नयाँ शीतयुद्धतर्फ अग्रसर देखिन्छ र ध्रुवहरू बनिरहेका छन्’, खानले भने, ‘पाकिस्तानले यस्ता ध्रुव गठन रोक्ने प्रयास गर्नुपर्छ किनभने हामीहरू कुनै पनि ध्रुवको अंग बन्नु हुन्न ।’
यसअघि अमेरिका र रुसी महासंघबीचको शीतयुद्धबाट विश्वले धेरै क्षति व्यहोरेका कारण संभावित नयाँ शीतयुद्धमा पाकिस्तान फँस्न नहुने पनि खानले प्रस्ट पारेका छन् ।
पाकिस्तानले साउदी अरब र इरानबीचको विवाद कम गर्ने कार्यमा भूमिका खेलेको भन्दै अमेरिका र चीनको हकमा समेत त्यस्तै भूमिका खेल्न चाहेको पनि खानले बताए ।
दक्षिण दक्षिण एसियालाई ‘बन्धक’ बनाइरहेको मुख्य समस्या कश्मीर मुद्दा भएको र भारतसँग शान्तिका लागि बढाउँदा कुनै उत्तर नपाएको पनि उनले बताए ।
भारत र पाकिस्तान दुबै जलवायु परिवर्तनको जोखिममा रहेको भन्दै मिलेर यसप्रति ध्यान दिनुपर्ने पनि खानले बताए ।




