काठमाडौँ, २३ मंसिर । पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ । ३२९ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ५ हजार ९०० जना संक्रमणमुक्त भएका छन् ।




