ओलाफ स्कोल्ज जर्मन चान्सलरमा निर्वाचित, मर्केलको १६ वर्षको शासन युग समाप्त

`

     २०७८ मंसिर २२ गते १०:३०

एजेन्सि, २२ मंसिर । जर्मनीको संसद ९बुन्डेस्टाग०ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ । सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो ।

यससँगै जर्मनीमा एन्जेला मर्केलको १६ वर्ष शासन युग समाप्त भएको छ । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको अवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।

ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?