१६ जना जुवाडे पक्राउ, लगभग १७ लाख नगद बरामद

`

     २०७८ मंसिर २२ गते ७:३५

काठमाडौं, मंसिर २२ । काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?