काठमाडौँ, मंसिर २१ । पछिल्लो २४ घण्टामा नेपालमा २७२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो यस्तै २४ घण्टाको अवधिमा ३०४ जना निको भएका छन् ।
२४ घण्टाको अधविमा २ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५४५ पुगेको छ ।
यस्तै २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।




