आज थप २६५ संक्रमित, २ को मृत्यु

`

     २०७८ मंसिर २० गते १०:१८

काठमाडौँ, मंसिर २० । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

आज देशभर ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?