राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री तथा फर्निचर बेच्दै, पुस ५ गतेसम्म खरिद गर्न सकिने

`

     २०७८ मंसिर १९ गते ७:४२

काठमडौँ, मंसिर १९ । आइतबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ ।

बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्ने चाहेको हो ।

इच्छुक खरिदकर्ताले सूचना जारी भएको मिति देखी १५ दिनभित्र न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ ।

मंसिर १९ गते आह्वान भएको बोलकबोल १५ दिनसम्म जारी रहने र आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?