काठमाडौँ, मङ्सिर १७ । हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।
खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् ।
सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।
मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए ।




