काठमाडौँ, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुमा पुगेकी छन् ।
भण्डारीले बाणगंगा नगरपालिका-२, नन्दनगरस्थित कैलाश आश्रममा पूजाआजा गरेकी छन् । राष्ट्रकल्याण २७ औं ज्ञानमहायज्ञमा सहभागी हुन उनी कपिलवस्तु आएकी हुन् ।
उनले नेपालमै सबैभन्दा अग्लो बनाउन लागिएको कैलाश विश्वनाथ ज्योर्तिलिंगको शिला पूजा पनि गरिन् ।
हेलिकप्टरबाट आएकी राष्ट्रपति भण्डारी एक घण्टा पूजाआजा र मन्तव्य राखेर लुम्बिनी फर्केकी थिइन् ।




