एजेन्सी, १६ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन साउदी अरेबिया र युएईमा पनि फेला परेको छ ।
रियादमा आयोजित पत्रकार सम्मेलनमा संबोधन गर्दै साउदी अरबका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्देल अलीले ओमिक्रोन भेरियन्टको कोरोना भेटिएको बताए ।
उनले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी नागरिकमा उक्त प्रकारको संक्रमण भएको बताएका हुन् ।
त्यस्तैगरी युएईमा पनि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती संक्रमित पनि अफ्रिकी मुलुकबाट आएको बताइएको छ ।




