आजबाट राप्रपाको एकता महाधिवेशन सुरू

`

     २०७८ मंसिर १५ गते ७:२८

काठमाडौँ, १५ मङ्सिर । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज सुरु भएको छ ।

काठमाडौँस्थित भृकुटीमण्डपमा सुरू भएको एकता महाधिवेशनलाई अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द लोहनीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

त्यस्तै महाधिवेशनमा राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले झण्डोत्तोलन गरेका थिए । मंसिर १७ सम्म सञ्चालन हुने महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमा स्वस्तिक वाचन समेत गरिएको थियो ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?