काठमाडौं, १५ मङ्सिर । बुधबार पनि सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




