ओली प्रस्तावित उम्मेदवार सबै निर्वाचित, भीम आचार्य र टंक कार्की पराजित

`

     २०७८ मंसिर १४ गते १०:४८

चितवन, १४ मंसिर । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएाक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?