काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल ७३५ मतका साथ पराजित भएका छन् । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् ।
यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् ।
निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा केहीबेरमा गर्नेछ। उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।




