भीम रावललाई हराउँदै केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित

`

     २०७८ मंसिर १४ गते १०:०३

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् ।

मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’

आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?