" /> भीम रावलको एमाले अध्यक्षमा उम्मेदवारी दर्ता - Sarbocha Media

भीम रावलको एमाले अध्यक्षमा उम्मेदवारी दर्ता

`

     २०७८ मंसिर १३ गते ३:१४
मङ्सिर १३, सौराहा । भीमबहादुर रावलको नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । ८ बजे बिहानबाट सुरु भएको मनोनयनमा रावलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई दर्ता स्थगन गरेकोले रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि दर्ता गर्न सकिरहेका थिएनन्।
प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट सहयोगमा रावलले उम्मेदवारी दर्ता गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?