काठमाडौँ, मङ्सिर –८। देशभर पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७५९० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३०५ जना र २,३३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ९,१५,४०१ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ८,०१,१२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९,९२० जनाको परीक्षण हुँदा हालसम्म कुल ५३,०४,११२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११,५१३ पुगेको छ ।




