कोरोना भाइरसबाट भारतमा थप नौ हजार प्रतिदिन नयाँ सङ्क्रमित थपिँदै

`

     २०७८ मंसिर ०८ गते १०:४९
एजेन्सी । कोरोना भाइरसबाट भारतमा थप नौ हजार प्रतिदिन नयाँ सङ्क्रमित थपिन थालेका छन्। भारतीय सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?