एमाले महाधिवेशन उद्घाटनमा पूर्व–पश्चिम राजमार्ग दिनभर बन्द गरिने

`

     २०७८ मंसिर ०८ गते ६:३१
मङ्सिर–८, काठमाडौँ। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहको दिन पूर्व–पश्चिम राजमार्ग दिनभर बन्द गरिने भएको छ । मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाउने भएको हो ।प्रजिअ आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गौँडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए । यसैगरी काठमाडौँ वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए ।

सो महाधिवेशनको उदघाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?