मंसिर ५, हेटौँडा — यात्रुले छाडेर गएको ६ लाख रुपैयाँ अटो रिक्सा चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । यात्रुले उक्त रकम सोही रिक्सा चालकको रिक्सामा छाडेका थिए ।
ना१ह ७०४९ नम्बरको अटोमा यात्रा गर्दा हेटौँडा उपमहानगरपालिका–१४ की ठूलीमाया स्याङ्तानले सो रकम छाडेकी थिइन् । अटो चालक हेटौँडा–९ का उदयसिंह मोक्तानले उक्त रकम फेला पारी प्रहरीमार्फत सबै रकम स्याङ्तानलाई बुझाएका हुन् ।
स्याङ्तानले गाउँमा जग्गा खरिद गरेकी रजिस्ट्रेसन पास गर्न घरबाट नगदसहित अटोमा मालपोत कार्यालय जाँदा पैसाको झोला छाडेकी थिइन् । चालक मोक्तानले उदाहरणीय इमान्दारिता देखाएको प्रहरी प्रवक्ताले बताए ।




