मंसिर ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल जलवायु परितर्वनका कारण विश्व संकटग्रस्त बनेकोमा चिन्ता व्यक्त गरेकी छिन् । स्वयम्भूस्थित पुनर्निर्मित ज्ञानमाला भजन खलःको शनिबार उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व संकटतर्फ धकेलिएको बताइन् ।
काठमाडौँ उपत्यकामा पनि थुप्रै अनियन्त्रित रुपमा इँटाभट्टाहरू सञ्चालित भएको र यातायातको साधनले वातावरणीय समस्या सिर्जना गरेको उनको भनाई थियो । विद्युतीय शक्तिको उचित उपयोग र विद्युतीय यातायतको विकास गरेर वातावरणीय समस्या समाधानमा सहयोग गर्नुपर्ने उनले बताइन् ।
जलवायु परिवर्तनबाट सिर्जित समस्याको असर हामीले भोगिरहेको उनको भनाई थियो ।




