प्रतिनिधिसभामा  एमालेको अवरोध कायमै : अर्को बैठक असोज २५ गते

`

     २०७८ आश्विन २२ गते ८:५९

काठमाडौँ, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ ।

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?