मालीमा आतङ्ककारी हमला, १६ सैनिकको मृत्यु

`

     २०७८ आश्विन २२ गते ८:२५

एजेन्सी, २२ असोज । आतंककारीहरुले मालीमा गरेको आक्रमणमा परेर कम्तीमा पनि १६ जना सैनिक मारिएका छन् ।

मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु ९ जना सेना पनि घाइते भएका बताएको छ ।

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?