काठमाडौँ, २२ असोज । एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोजेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सीमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्ने गरी गलत काम गरिहेको आरोप लगाउनुभएको हो ।
उहाँले आफ्नो माग पूरा नभएसम्म संसद चल्ने नदिने पनि बताउनुभयो । सभामुख अग्नी सापकोटाले नसच्याएसम्म संसद अवरोध कायमै राख्ने उहाँको भनाइ छ। सभामुख सापकोटाले संविधान तथा ऐन नियम विपरित काम गरेको आरोप पनि लगाउनुभयो ।
सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निष्कासन गरी सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीका लागि गल्ती स्वीकार गर्नुपर्ने बताउनुभयो ।



