काठमाडौँ, २२ असोज । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् ।
खोपको लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ ।




