साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाक गुर्नाहलाई दिने

`

     २०७८ आश्विन २१ गते ११:३७

काठमाडौँ, २१ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाइ दिने भएको छ ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो ।

उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?