" /> कोरोनाभाइरसको कारण कांग्रेसले यसपालि चियापान नगर्ने - Sarbocha Media

कोरोनाभाइरसको कारण कांग्रेसले यसपालि चियापान नगर्ने

`

     २०७८ आश्विन २१ गते १०:३५

काठमाडौँ, २१ असोज । सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने भएको छ।

कोरोनाभाइरसको कारण सधैँ दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसपालि चियापान कार्यक्रम नगरिने बताएका हुन्। साथै कोरोनाविरूद्ध खोप अभियानमा जुट्न कांग्रेसले सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?