काठमाडौँ, २१ असोज । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा शक्तिशाली भूकम्पका गएको छ । कारण कम्तिमा २० जना मारिएका छन् ।
बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५.९ म्याग्नेच्यूडको उक्त भूकम्पको कारण कम्तिमा २० जना मारिएका छन् ।
अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।
पाकिस्तानी सेनाका अनुसार केही उद्धारकर्मीहरु हनाईमा पुगिसकेका छन् र ९ जना गम्भिर घाइतेलाई एयर फोर्समार्फत उद्धार गरेर क्वेटा ल्याइएको छ ।




