काठमडौँ, २१ असोज । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।




