नेपालमा थप १०४३ संक्रमित, १२ जनाको मृत्यु

`

     २०७८ आश्विन २० गते १०:५५

काठमाडौँ, २० असोज । नेपालमा थप १०४३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८४९ र एन्टीजेन परिक्षणबाट १९४ गरि कुल १०४३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार १९४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?